वर्ल्ड हेप्पिनेस रिपोर्ट अनुसार विश्वको सबैभन्दा खुशी देशमा फिनल्यान्ड पहिलो स्थानमा रहन सफल भएको छ ।
पछिल्लो सात वर्षदेखि लगातार फिनल्यान्ड सबैभन्दा खुशी मुलुक बन्न सफल भइरहेको छ । खुशी मुलुकको सूचीमा नर्डिक देशहरु नै उच्च स्थानमा रहन सफल रहेका छन् । सूचीको दोस्रो स्थानमा डेनमार्क, तेस्रोमा आइसल्यान्ड, चौथोमा स्वीडेन र पाँचौमा इजरायल रहन सफल रहेका छन् । अमेरिका भने यसपटक शीर्ष २० को सूचीबाट पनि बाहिरिदै २२ औं स्थानमा पुगेको छ ।
रिपोर्ट अनुसार नेपाल विश्वको ९३ औं खुशी मुलुकमा परेको छ । छिमेकी मुलुक चीन ६० औं स्थानमा रहँदा अर्को छिमेकी भारत भने १२६ औं स्थानमा पुगेको छ । विश्वको सबैभन्दा कम खुशी मुलुकमा अफगानिस्तान परेको छ । १४३ देश सहभागी सूचीमा माल्दिभ्स र भूटान नहुँदा नेपाल सार्क राष्ट्रमध्येमा सबैभन्दा खुशी मुलुक बन्न सफल भएको छ ।
रिपोर्ट ६ विभिन्न मापकलाई आधार बनाएर इन्डेक्स तयार गर्ने गर्दछ । जिडिपि पर क्यापिटा, सामाजिक मद्दत, स्वस्थ्य जीवन एस्पेक्टेन्सी, स्वतन्त्रता, उदारता र भ्रष्टाचार प्रतिको धारणालाई आधार बनाई सोधिएका प्रश्नहरुबाट इन्डेक्स तयार गर्ने गरिन्छ ।
यसपटक विभिन्न उमेरसमूहका मानिसको छुट्टाछुट्टै सोध गरिएकोमा पाका व्यक्तिभन्दा किशोरकिशोरीहरु निकै कम खुशी भएको पाइएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस