Like us!
Follow us!
Connect us!
Watch us!

तीन कम्पनीको पाँच लाख कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

मंगलबार, १३ चैत्र २०८०, १० : १६ मा प्रकाशित

तीन कम्पनीको पाँच लाख कित्ता संस्थापक सेयर बिक्रीमा

तीन कम्पनीको पाँच लाख कित्ता संस्थापक सेयर बिक्रीमा आएको छ । 

हिमालयन लाइफ इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र फस्र्ट माइक्रोफाइनान्स लघुवित्तले गोप्य शिलबन्दी बोलपत्रमार्फत पाँच लाख कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा ल्याएका हुन् । 

हिमालयन लाइफ इन्स्योरेन्सले स्वदेशी सेक्युरिटिज एन्ड इन्भेस्टमेन्ट प्रालिको स्वामित्वमा रहेको ६४ हजार ५०९ कित्ता सेयर बिक्रीमा ल्याएको हो । प्रति सेयर न्यूनतम १७५ रुपियाँ तोकिएको यस सेयरमा इच्छुक विद्यमान संस्थापक वा अन्य जोकोहीले आवेदन दिन सक्ने छन् । 

बोलकबोल गर्दा न्यूनतम पाँच हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ता शेयरका लागि आवेदन दिनुपर्नेछ । आवेदन एनआईसी एसिया क्यापिटल लिमिटेड, थापाथली काठमाडौंमा चैत्र २० गतेभित्र दिनुपर्नेछ ।  

सिद्धार्थ प्रिमियरले भने दुई लाख ८७ हजार ५०० कित्ता शेयर बिक्रीमा ल्याएको छ । प्रतिशेयर न्यूनतम २१० रुपियाँ तोकिएको यसको सेयरमा जोकोहीले आवेदन दिन पाउनेछन् ।

आवेदकले बोलकबोल गर्दा न्यूनतम पाँच हजार कित्ता र अधिकतममा सबै कित्ता सेयरका लागि आवेदन दिनुपर्नेछ । आवेदन दिने अन्तिम मिति चैत्र २० गतेसम्म रहेको छ । खरिदकर्ताले एनआईसी एसिया क्यापिटल लिमिटेड, थापाथली काठमाडौंमा आइपुग्नेगरी आवेदन दिनुपर्नेछ ।

त्यसैगरी, फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले एक लाख ५० हजार कित्ता सेयर बिक्रीमा ल्याएको छ । प्रतिकित्ता न्यूनतम १०० रुपियाँमा कम्पनीले जो–कोहीले खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो । शेयर खरिद गर्दा न्यूनतम १५ हजार कित्ता र बढीमा सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम मिति चैत्र १५ गतेसम्म रहेको छ । शेयर खरिदकर्ताले मुक्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौंमा आइपुग्ने गरी आवेदन दिनुपर्नेछ ।

कम्पनीहरुले बिक्रीमा ल्याएका यी सेयरमा आजदेखि खरिद आवेदन दिन सकिनेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको