Like us!
Follow us!
Connect us!
Watch us!

धनगढीका मेयर हमालको जेठी छोरी सम्पर्कविहीन, खोजी गरिदिन अनुरोध

अर्थ संसार

मंगलबार, १३ चैत्र २०८०, १६ : २८ मा प्रकाशित

धनगढीका मेयर हमालको जेठी छोरी सम्पर्कविहीन, खोजी गरिदिन अनुरोध

धनगढी उपमहानगरका मेयर गोपाल हमालको जेठी छोरी सम्पर्कविहीन भएकी छिन् ।

मेयर हमालले सामाजिक सञ्जालमा पोष्ट गर्दै आफ्नो जेठो छोरी खोजी गरिदिन अनुरोध गरेका हुन् । हमालका अनुसार उनको छोरी आरती हमाल ओशो ध्यान गर्न केही महिनादेखि गोवामा बस्दै आएकी थिइन् । उनी सोमबारदेखि जोरबा वाईब आस्बिन ब्रीज बाट सम्पर्क बिहिन भएको उनको साथीबाट खबर आएकाले हमालले जनाएका छन् ।

उनले खोजीकार्यमा सहयोग गर्न गोवा बस्दै आएका नेपाली समुदायसँग अपिल गरेका छन् । आरतीको खोजीका लागि हमालको कान्छी छोरी र ज्वाइँ गोवामा पुगेको पनि उनले जानकारी दिएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको