Like us!
Follow us!
Connect us!
Watch us!

अमृत साइन्स क्याम्पसमा दुई विद्यार्थी संगठनबीच झडप

अर्थ संसार

सोमबार, १९ चैत्र २०८०, १२ : ३३ मा प्रकाशित

अमृत साइन्स क्याम्पसमा दुई विद्यार्थी संगठनबीच झडप

लैनचौरस्थित अमृत साइन्स क्याम्पसमा नेकपा एमाले र माओवदी केन्द्र निकट विद्यार्थी संगठनका विद्यार्थीबीच झडप भएको छ ।

आइतबार साँझ भएको घटनामा माओवदी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका दुई सदस्य सामान्य घाइते भएका छन् । फरक पार्टीका भातृ संगठन भएकै कारण दुई समूह झडपमा उत्रिएको जनाइएको छ । घटनामा सामेल भएको आरोपमा प्रहरीले एमाले निकट अखिल आवद्ध दुई जनालाई नियन्त्रणमा लिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सत्ता साझेदार दुई दलका विद्यार्थी संगठनबीच झडप भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको