Like us!
Follow us!
Connect us!
Watch us!

चाँदीको मूल्य स्थिर रहँदा सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

विहीबार, २९ चैत्र २०८०, १० : ५२ मा प्रकाशित

चाँदीको मूल्य स्थिर रहँदा सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

लगातार चार दिन रेकर्ड मूल्य कायम गरेको सुनको मूल्य बिहीबार भने घटेको छ । बिहीबार सुनको मूल्य २०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ३६ हजार ६०० रुपैयाँ तोकिएको छ । बुधबार एक तोला छापावाला सुनको मूल्य १ लाख ३६ हजार ८०० रुपैयाँ तोकिएको थियो । 

बिहीबार तेजावी सुन प्रतितोला १ लाख ३५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजावी सुन प्रतितोला १ लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बिहीबार चाँदी प्रतितोला १ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी बुधबार पनि सोही भाउमा कारोबार भएको थियो ।

अन्तराष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको