Like us!
Follow us!
Connect us!
Watch us!

कांग्रेसले संसद् चल्न दिएन, अधिवेशन अन्त्य हुन्छ: केपी ओली

अर्थ संसार

शुक्रबार, ३० चैत्र २०८०, १४ : १० मा प्रकाशित

कांग्रेसले संसद् चल्न दिएन, अधिवेशन अन्त्य हुन्छ: केपी ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले सदन चल्न नदिएकोले अब अधिवेशन अन्त्य हुने बताएका छन् । 

सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटपछि सदन अधिवेशन अन्त्य गर्ने विषयमा छलफल भएको पत्रकारहरुसँगको संक्षिप्त कुराकानीमा उनले यस्तो बताएका हुन्। 

‘अधिवेशन अन्त्य हुन्छ । फेरि अर्को सुरु हुन्छ । यस्तै हुन्छ,’ उनले सञ्चारकर्मीसँग भने, ‘कांग्रेसले चल्न नदिएर ।

संसद्मा सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनको माग राख्दै कांग्रेसले सदन अवरोध गर्दै आएको छ । आजै मन्त्रिपरिषद् बैठक बस्दै छ । बैठकले सदन अधिवेशनको अन्त्यबारे निर्णय लिन सक्ने बताइएको छ ।

पछिल्लो समय नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको नाम मुछिएको र ठगीमा उनको संलग्नता रहेको प्रमाण छ भन्दै सदन अवरोध गर्दै आएको छ । कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राखेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको