Like us!
Follow us!
Connect us!
Watch us!

भारतीय अभिनेता सलमान खानको निवास बाहिर गोली प्रहार

अर्थ संसार

आइतबार, ०२ बैशाख २०८१, १० : ४४ मा प्रकाशित

भारतीय अभिनेता सलमान खानको निवास बाहिर गोली प्रहार

भारतीय अभिनेता सलमान खानको निवास बाहिर गोली प्रहार भएको छ ।

आइतबार सबेरै भएको घटनामा मुम्बई बान्द्रास्थित खानको निवास रहेको ग्यालेक्सी अपार्टमेन्ट बाहिर दुई अपरिचित व्यक्तिले तीन राउण्ड गोली फायर गरेका थिए । बिहान ५ बजेतिर दुई व्यक्ति मोटरसाइकलमा आएर घरमा गोली प्रहार गरेर भागेका थिए । घटना पछि अभिनेताको सुरक्षा प्रबन्ध थपिएको जनाइएको छ ।

गोली प्रहारमा संलग्नलाई पहिचान गर्ने प्रयास भइरहेको जनाइएको छ । भारतीय अपराध साम्राज्य अन्डरवर्ल्ड र बलिउडको लामो इतिहासदेखि सम्बन्ध रहँदै आएको दाबी हुँदै आएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको