व्यवसायिक भेटघाट र युवापुस्ता गफिने लोकप्रिय चिया चेन ‘चिया अड्डा’को नयाँ शाखा काठमाडौंको सुन्धारा स्थित सिभिल मलको सातौं तलामा सञ्चालनमा आएको छ।
उद्यमी संजोग कोइरालाले सन १०१८ मा नयाँ बानेश्वरबाट सुरु गरेको चिया अड्डा हाल सम्म उपत्यकामा सुन्धारा, नयाँ बानेश्वर, पुतलीसडक, बसन्तपुर, त्रिपुरेश्वर र उपत्यका बाहिर भरतपुरमा गरी ६ ठाउँमा विस्तारमा भएको छ ।
सिभिलमलमा मनोरम वातावरण (एमबिएन्स) सहित सञ्चालनमा आएको चिया अड्डाको नयाँ आउटलेटमा चिया अड्डाको स्पेसल चिया र रोजेको खाजा बजेटमा पाइने सञ्चालक कोइराला बताउँछन् ।
विदेशी राष्ट्रहरूमा युवापुस्तामा देखिने कफी कलचरलाई नेपालमा युवापुस्ता आकर्षित गरी चिया संस्कृतिको रूपमा विकास गर्न चिया अड्डा सुरुवात देखिनै लागिरहेको छ। नेपालमा चिया संस्कृतिको प्रवर्धनमा अग्रणी रहेको चिया अड्डाका आउटलेटहरुमा सधैंजसो चिया पारखीहरुको भीड लाग्ने गर्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस