Like us!
Follow us!
Connect us!
Watch us!

गोरखामा वीरेन्द्रताल फुटेको आशंका, तल्लो तटीय क्षेत्रमा सतर्क रहन आग्रह

अर्थ संसार

आइतबार, ०९ बैशाख २०८१, ११ : ५८ मा प्रकाशित

गोरखामा वीरेन्द्रताल फुटेको आशंका, तल्लो तटीय क्षेत्रमा सतर्क रहन आग्रह

हिम पहिरोका कारण गोरखाको चुमनुब्री गाउँपालिकामा रहेको वीरेन्द्रताल फुटेको आशंका गरिएको छ ।

चुमनुब्री गाउँपालिका-१ मा अवस्थित उक्त तालमा आइतबार बिहान पौने नौ बजे तालमा ठूलो हिमपहिरो झरेको स्थानीयले जनाएका छन् । हिमपहिरोका कारण बूढीगण्डकीमा पानीको बहाव उच्च भएको छ भने गृह मन्त्रालयले तल्लो तटीय क्षेत्रमा रहेका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । ताल फुटेको वा पहिरोका कारण ताल ओभरफ्लो भई पानी बगेको यकीन भने भइसकेको छैन ।

ताल फुटेपछि गण्डकीमा पानीको बहाव दोब्बर नै भएको छ । हालसम्म बाढीले एउटा काठेपुल बगाएको जानकारी प्राप्त भएको र थप क्षतिबारे बुझ्न प्रहरी त्यसतर्फ लागेको जनाइएको छ । मनास्लु बेसक्याम्प, वीरेन्द्र ताल अवलोकन गर्न पर्यटक त्यसतर्फ गएको हुन सक्ने आशंका गरिएको छ ।

मनास्लु ग्लेसियरबाट आउने पानी जम्मा भएको वीरेन्द्र ताल फुट्दा चुमनुब्रीलगायत धार्चे गाउँपालिकामा पनि जोखिम बढेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको