Like us!
Follow us!
Connect us!
Watch us!

हमासको कब्जामा रहेका विद्यार्थीलाई सकुशल नेपाल फर्काउन पहल भइरहेको छः प्रधानमन्त्री

अर्थ संसार

आइतबार, ०९ बैशाख २०८१, १६ : ३३ मा प्रकाशित

हमासको कब्जामा रहेका विद्यार्थीलाई सकुशल नेपाल फर्काउन पहल भइरहेको छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्यालेस्टिनी विद्रोही हमासको कब्जामा रहेका विद्यार्थीलाई सकुशल नेपाल फर्काउन सरकारले कूटनीतिक पहल गरेको बताएका छन्। 

सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति प्रचण्डले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीलाई सकुशल नेपाल फर्काउन सरकारले गम्भीरतापूर्वक कूटनीतिक पहल गरेको बताएका हुन् ।

उनले पेलेस्टाइन विद्रोहीको आक्रमणमा परेर नेपाली विद्यार्थीले ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त समेत गरेका छन्  ।

उनले उक्त आक्रमणमा परेर घाइते भएका तथा अन्य प्रभावित विद्यार्थीलाई यथाशीघ्र स्वदेश फिर्ता ल्याउन र ज्यान गुमाउने विद्यार्थीहरूको शव फिर्ता ल्याउनका लागि सरकारले निर्वाह गर्नुपर्ने भूमिका तदारुकतापूर्वक निर्वाह गरेको उल्लेख गरे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको