Like us!
Follow us!
Connect us!
Watch us!

यूनाइटेड अजोड इन्स्योरेन्सको साढे २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

सोमबार, १० बैशाख २०८१, ११ : २८ मा प्रकाशित

यूनाइटेड अजोड इन्स्योरेन्सको साढे २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

युनाइटेड अजोड इन्स्योरेन्सको नाममा रहेको मल्टीपर्पस फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । संस्थाले सेयरधनी यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको नाममा रहेको दुई लाख ५० हजार ९७१ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

यो सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्।

सेयर खरिद आवेदन दिन ३५ दिनको समय देखिएको छ। यो अवधिभित्र इच्छुक संस्थापक सेयरधनीहरुले संस्थाको कम्पनी सचिवको कार्यालयमा के–कति कित्ता सेयर खरिद गर्न चाहेको हो, सो खुलाई निवेदन दिनुपर्नेछ।

संस्थापक सेयरधनीहरुबाट सेयर खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको