Like us!
Follow us!
Connect us!
Watch us!

"मरुभूमिमा जङ्गली जनावर कसरी बाँच्लान ?" - मेयर बालेनको प्रश्न

अर्थ संसार

बुधबार, १२ बैशाख २०८१, २१ : ५८ मा प्रकाशित

"मरुभूमिमा जङ्गली जनावर कसरी बाँच्लान ?" - मेयर बालेनको प्रश्न

काठमाडौं महानगरका मेयर बालेनले मरुभूमिमा जङ्गली जनावर कसरी बाँच्लान भनेर प्रश्न गरेका छन् ।

सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले के जनावर बेच्नु वा उपहार दिनु वैध हो भनेर जिज्ञासा समेत राखेका छन् । बालेनले जनावरको अधिकारलाई मजाक बनाइएको पनि लेखेका छन् । नेपाल सरकारले कतारी राजाको पछिल्लो भ्रमणका बेला कतारलाई दुई हात्ती उपहार दिने निर्णय गरेको थियो । त्यसैलाई लक्षित गरि बालेनले उक्त पोस्ट गरेका हुन् ।

हात्ती दिने निर्णयको आम जनमानसले पनि विभिन्न ढङ्गले आलोचना गरेका छन् । कतिले कामदार पठाउन नपुगेर हात्तीलाई समेत अब खाडी पठाउन लागे भनेर प्रतिक्रिया दिएका छन् भने कतिले कतारमा हात्तीलाई एसीमा राखेर पाल्छन् भनेर व्यङ्ग्य गरेका छन् ।

कतारमा चिडियाखाना नभएका भने हैनन् । कतारको अल खोर पार्कको चिडियाखाना मध्यपूर्वकै प्रख्यात चिडियाखानामध्येको एक हो । त्यहाँको हात्ती पौडी खेल्ने पुल हेर्न ठूलो संख्यामा पर्यटक पुग्ने गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको