Like us!
Follow us!
Connect us!
Watch us!

साताकाे सेयर : २३ अंकले बढ्यो नेप्से, औषत कारोबार साढे ५ अर्ब माथि

अर्थ संसार

शनिबार, १६ जेठ २०८३, ०७ : ४९ मा प्रकाशित

साताकाे सेयर : २३ अंकले बढ्यो नेप्से, औषत कारोबार साढे ५ अर्ब माथि

यस साता नेप्से परिसूचक करिब १ प्रतिशत बढेर बन्द भएको छ । गत साता २७५८.४९ विन्दुमा बन्द भएको नेप्से, यस साता ०.८६ प्रतिशत अर्थात २३.६१ अंक बढेर २७८२.१० विन्दुमा बन्द भएको हो । 

यस साता तीन कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये दुई कारोबार दिन नेप्से बढेको थियो भने एक कारोबार दिन घटेर बन्द भएको थियो । यस साता सेन्सेटिभ इण्डेक्स ३.६२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.५८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२१ अंक घटेको छ । नेप्सेसँगै यस साता कारोबार रकम पनि बढेको छ । गत साता दैनिक औषतमा ३ अर्ब ५५ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ५ अर्ब ६२ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ५८.३५ प्रतिशत बढेको हो । त्यस्तै, यस साता दैनिक औषत सेयर संख्या ५७.२७ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या ३१.१५ प्रतिशत घटेको छ । यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि करिब १ प्रतिशत बढेको छ । गत साताको अन्तिम कारोबार दिन ४७ खर्ब ४ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ४२ अर्ब रुपैयाँ बढेर ४७ खर्ब ४६ अर्ब रुपैयाँ पुगेको छ ।

१३ उपसमूहमध्ये यस साता १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ । यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.८७ प्रतिशत बढेको छ । गत साता १० हजार ७९१.२८ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता २०१.३५ अंक बढेर १० हजार ९९२.६३ विन्दुमा पुगेको छ । अंकका आधारमा पनि यस साता सोही उपसमूहको परिसूचक सबैभन्दा बढी बढेको छ । कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस साता सामान्य घटेको छ । गत साता २३९१.४७ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता ०.२६ प्रतिशत अर्थात ६.१२ अंक घटेर २३८५.३५ विन्दुमा झरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको