Like us!
Follow us!
Connect us!
Watch us!

वाईवाई चाउचाउको गुणस्तर कमशल, १५ कार्टुन नष्ट गरि पूरै ब्याचका प्याकेट फिर्ता मगाइयो

अर्थ संसार

शुक्रबार, १४ बैशाख २०८१, ०८ : ०७ मा प्रकाशित

वाईवाई चाउचाउको गुणस्तर कमशल, १५ कार्टुन नष्ट गरि पूरै ब्याचका प्याकेट फिर्ता मगाइयो

काठमाडौं महानगरको कृषि तथा पशुपंक्षी विभागले वाईवाई चाउचाउमा निम्न गुणस्तरको तेलको प्रयोग गरिएको लगायतका कैफियत भेटेपछि पूरै ब्याचका प्याकेट फिर्ता गर्न निर्देशन दिएको छ ।

विभागमा वैशाख २ गते काठमाडौं महानगर-६ स्थित एक किराना पसलबाट उजुरी परेपछि स्थलगत निरीक्षण गर्दा चाउचाउ निम्न गुणस्तरको भएको पुष्टि भएको हो । विभागका अनुसार चाउचाउमा निम्न गुणस्तरको पाल्म तेल प्रयोग गरि फ्राई गरिएको, निम्न गुणस्तरको कच्चा पदार्थ प्रयोग गरिएको वा चाउचाउ उत्पादन गर्ने प्रक्रियामा कुनै प्राविधिक जटिलताका कारण त्यसो भएको हुनसक्ने निष्कर्ष प्राविधिकहरुले निकालेका छन् ।

कैफियत भेटिएको करिब १५-१६ कार्टुन त्यही दिन डिलरका प्रतिनिधिको रोहबरमा नष्ट गरिएको र उक्त पूरै ब्याचका चाउचाउ प्याकेट फिर्ता मगाएर नष्ट गर्न निर्देशन दिइएको पनि विभागले जनाएको छ । २०८० को चैतमा उत्पादन भएको ब्याचमा कैफियत फेला परेको हो । विभागले चौधरी ग्रुपका प्रतिनिधिलाई एक साताभित्र ल्याब रिपोर्टसहित उपस्थित हुन पनि मौखिक जानकारी दिएको जनाएको छ ।

महानगरले चौधरी ग्रुपलाई गुणस्तरहीन चाउचाउ बिक्री वितरण गरेको आरोपमा दुई लाख जरिवाना समेत गराएको छ । नेपालमा निकै लोकप्रिय वाईवाई चाउचाउ भारतलगायत विदेशमा समेत बिक्रीवितरण हुँदै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको