Like us!
Follow us!
Connect us!
Watch us!

सवा एक करोडभन्दा बढी रकम हिनामिना गरी प्रभु बैंकका अपरेसन इन्चार्ज सम्पर्कविहीन

अर्थ संसार

बुधबार, ०२ फागुन २०८०, १३ : ३२ मा प्रकाशित

सवा एक करोडभन्दा बढी रकम हिनामिना गरी प्रभु बैंकका अपरेसन इन्चार्ज सम्पर्कविहीन

सवा एक करोडभन्दा बढी रकम हिनामिना गरी रूकुम पश्चिमस्थित प्रभु बैंकको शाखाको अपरेसन इन्चार्ज सम्पर्कविहीन भएका छन् ।

जिल्लाको आठबिसकोट शाखामा कार्यरत अपरेसन इन्चार्ज निरजविक्रम शाहले एक करोड ३१ लाख २५ हजार रुपैयाँ हिनामिना गरेको भन्दै प्रहरीमा उजुरी परेको हो । बैंकको कर्णाली प्रदेश कार्यालयका इन्चार्ज शरद तिमिल्सिनाले मङ्गलबार प्रहरीमा उजुरी दिएका हुन् । रकम कसरी हिनामिना भयो भन्ने बारे छानबिन भइरहेको प्रहरीले जनाएको छ ।

रकम हिनामिना आरोप लागेका शाह भने सम्पर्कविहीन रहेका छन् । उनी भारततिर लुकेको हुनसक्ने प्रहरीले जनाएको छ । शाहले बचतकर्ताको खातामा अनाधिकृत रूपमा रकम जम्मा गर्ने, अरूलाई ट्रान्सफर गर्ने र जानकारी बिना नै रकम निकाल्ने जस्ता गतिविधि गरेको बैंकका अन्य कर्मचारीले आरोप लगाएका छन् ।

रकम हिनामिना भएपछि बैंकले सो शाखाका सबै कर्मचारीलाई हटाई नयाँ कर्मचारीमार्फत सेवा प्रवाह थालिएको जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको