Like us!
Follow us!
Connect us!
Watch us!

'विदेश पठाइदिन्छु' भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

अर्थ संसार

बुधबार, १२ मंसिर २०८१, १३ : १८ मा प्रकाशित

'विदेश पठाइदिन्छु' भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

वैदेशिक रोजगारमा आकर्षक तलबको लोभ देखाएर ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर बकैया गाउँपालिका–५ का ३९ वर्षीय सुवर्णकुमार बल र सर्लाही ब्रम्हपुरी गाउँपालिका–३ की २८ वर्षीया मनिषा कुमारी रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार ती दुईले आकर्षक तलबको प्रलोभन देखाएर बेरोजगार युवायुवतीलाई विदेश लैजाने बहाना बनाएका थिए।  सुवर्णले क्रोएसिया पठाइदिन्छु भन्दै एकजना पीडितबाट १५ लाख रूपैयाँ र मनिषाले दुबई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ४५ हजार रूपैयाँ लिई ठगी गरेको आरोप छ ।

रकम लिएपछि सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले सुवर्णलाई काठमाडौंको बाफलबाट सोमबार र मनिषालाई नयाँबसपार्कबाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको