Like us!
Follow us!
Connect us!
Watch us!

नक्कली सुन धितो राखी नेपाल बैंकको ४ करोड ठग्ने टोकनाथ पक्राउ, अमेरिका पठाइदिने भन्दै थप एक करोड ठगी

अर्थ संसार

विहीबार, ०१ चैत्र २०८०, ०८ : ०१ मा प्रकाशित

नक्कली सुन धितो राखी नेपाल बैंकको ४ करोड ठग्ने टोकनाथ पक्राउ, अमेरिका पठाइदिने भन्दै थप एक करोड ठगी

नेपाल बैंक लिमिटेडमा नक्कली सुन धितो राखी चार करोड भन्दा बढी कर्जा लिएर फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले सप्तरीको कन्चनरुप गा.पा- ८ घर भएको ४१ वर्षीय टोकनाथ साहलाई नियन्त्रणमा लिएको हो । नेपाल बैंक लिमिटेडमा नक्कली सुन धितो राखी ४ करोड १४ लाख ८४ हजार रुपैयाँ कर्जा लिई शाह ऋण नतिरी फरार रहेकोका थिए ।

शाहविरुद्ध उच्च अदालत विराटनगरबाट ९८ लाख ८५ हजार ५ सय ६४ रुपैयाँ विगो र ३ वर्ष कैदको फैसला भएको थियो । उनै टोकनाथले विभिन्न व्यक्तिहरुलाई अमेरिका पठाउने भनी एक करोड रुपैयाँसमेत ठगेर फरार भएको थिए । रवाफिलो जीवनशैली देखाउँदै उनले युवायुवतीलाई प्रभावमा पार्ने र जो पहिला आयो उसैलाई पठाउने भन्दै ठगी धन्दा चलाउँदै आएका थिए ।

आफूलाई दिपक सोनीसमेत भनेर चिनाउने साहलाई फागुन २८ गते बिहान ७ बजे काठमाडौंस्थित बौद्ध हयात होटलबाट प्रहरील्र पक्राउ गरेको थियो । शाहको साथबाट उनले प्रयोग गरेका विभिन्न कम्पनीका १५ थान सिम कार्ड पनि प्रहरीले बरामद गरेको छ । थप कारवाहीको लागि उनलाई जिल्ला अदालत काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको