Like us!
Follow us!
Connect us!
Watch us!

आँखु खोलाको नाफामा ७०.७% को पहिरो, ईपीएस ४३ पैसा

अर्थ संसार

सोमबार, १७ बैशाख २०८१, ०९ : ०८ मा प्रकाशित

आँखु खोलाको नाफामा ७०.७% को पहिरो, ईपीएस ४३ पैसा

आँखु खोला जलविद्युृत कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

खुद नाफामा ७०.७ प्रतिशतको गिरावट

आँखु खोला जलविद्युृतको खुद नाफा अघिल्लो साताको तुलनामा एकदमै खसेको छ। अघिल्लो वर्षको पहिलो नौ महिना को तुलनामा यो वर्ष यस कम्पनीमा ७०.२७ प्रतिशतको गिरावट आएको छ । 

कम्पनीले तेस्रो त्रैमाससम्म केबल २५ लाख ७२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीले ८६ लाख ५२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

महँगो प्रशासनिक खर्च 

यस कम्पनीले आफ्नो प्रशासनिक घटाउनु को साटो उल्टो बढाएको छ। गत आर्थिक वर्ष ७२ लाख ५० हजार रहेको खर्च यो वर्ष व्यापक बढाएर ८५ लाख खर्च गरेको देखिन्छ। 

बजारमा ब्याजदर घटेपनि कम्पनीको वित्तीय खर्च भने बढेको छ। गत आथिक वर्षको सोहि अवधि सम्म ८ करोड रहेको वित्तीय खर्च यस वर्ष बढेर ८ करोड ६१ लाख पुगेको छ। 
विद्युत आम्दानी 
 
यस आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको विद्युत बिक्री आम्दानी घटेको छ । कम्पनीले बिद्युत बिक्री मार्फत १४  करोड ४ लाख रुपैयाँ खुद आर्जन गरेको छ ।गत आर्थिक वर्षमा कम्पनीले यस अवधि सम्म कम्पनीले १५ करोड १५ लाख आर्जन गरेको थियो। 

अरु सूचक कस्तो ?  

प्रतिसेयर आम्दानी(ईपीएस) - ०.४३ रुपैयाँ

प्रतिसेयर नेटवर्थ - ६९ रुपैयाँ

मूल्य आम्दानी अनुपात -५०२ गुणा

 तरलता अनुपात- ०.६५ प्रतिशत  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको