झापामा कक्षा १२ को परीक्षा दिएर फर्किदै गरेकी किशोरी माथि गोली प्रहार भएको आशंका गरिएको छ ।
स्थानीय हिमालय माध्यमिक विद्यालयबाट परीक्षा दिएर फर्किदै गर्दा १८ वर्षीय एरिना अधिकारीलाई गोलीको छर्रा लागेको जनाइएको छ । गोली प्रहारको प्रहरीले पुष्टि नगरेपनि छर्रा लागेर सामान्य घाइते अवस्थामा अधिकारीलाई अस्पताल लगिएको छ ।
आवाज आएको तर गोली प्रहार कै भएको वा अन्य केही भएको बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस