Like us!
Follow us!
Connect us!
Watch us!

फिनल्यान्डमा १२ वर्षे बालकले स्कुलमा गोली चलाउँदा एक बालकको मृत्यु, थप दुई गम्भीर घाइते

अर्थ संसार

मंगलबार, २० चैत्र २०८०, १९ : ४२ मा प्रकाशित

फिनल्यान्डमा १२ वर्षे बालकले स्कुलमा गोली चलाउँदा एक बालकको मृत्यु, थप दुई गम्भीर घाइते

फिनल्यान्डमा १२ वर्षे बालकले स्कुलमा गोली चलाउँदा एक बालकको मृत्यु भएको छ भने अन्य दुई बालक गम्भीर घाइते भएका छन् ।

फिनल्यान्डको राजधानी हेल्सिन्की बाहिर रहेको स्कुलमा मङ्गलबार स्कुले बालकले ह्यान्ड गनमार्फत गोली प्रहार गरेका थिए । घटनापछि प्रहरीले ती बालक र उनले प्रयोग गरेको हतियार नियन्त्रणमा लिएको जनाइएको छ । घटनामा संलग्न बालक तथा घाइते र मृत्यु भएका सबैजनाको उमेर १२ वर्ष नै रहेको जनाइएको छ ।

कुल ८०० विद्यार्थी रहेको उक्त विद्यालयमा एकदेखि नौ कक्षासम्म पढाइ हुने गरेको छ । घटनामा प्रयोग भएको हतियारको लाइसेन्स ती बालकको आफन्तको नाममा रहेको जनाइएको छ । उनले के कति कारणले गोली चलाए भन्ने बारे भने स्पष्ट भइसकेको छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको