Like us!
Follow us!
Connect us!
Watch us!

रौतहटमा मनी ट्रान्सफर सञ्चालक माथि गोली प्रहार, तीन पक्राउ

अर्थ संसार

शुक्रबार, ०२ चैत्र २०८०, १४ : २८ मा प्रकाशित

रौतहटमा मनी ट्रान्सफर सञ्चालक माथि गोली प्रहार, तीन पक्राउ

रौतहटमा मनी ट्रान्सफर सञ्चालक माथि गोली प्रहार भएको छ ।

रौतहटस्थित शिव मनि ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश साहमाथि गोली प्रहार भएको हो । लुटपाट गर्ने उद्देश्यका साथ साहमाथि हमला भएको प्रहरीले जनाएको छ । प्रहरी घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिएको पनि जनाएको छ ।

गोली प्रहारबाट घाइते साहलाई उपचारका लागि अस्पताल लगिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको