Like us!
Follow us!
Connect us!
Watch us!

नीति, कार्यक्रम र बजेट तयारी अन्तिम चरणमा : प्रधानमन्त्री

अर्थ संसार

आइतबार, २३ बैशाख २०८१, १६ : १९ मा प्रकाशित

नीति, कार्यक्रम र बजेट तयारी अन्तिम चरणमा : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माणको कामलाई अन्तिम चरणमा पुर्याएको बताएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औं स्थापना दिवसको अवसरमा अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधामन्त्री प्रचण्डले सरकार आगामी आर्थिक वर्षको नीति र कार्यक्रम निर्माणको अन्तिम तयारीमा जुटेको जानकारी दिए । 

प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री प्रचण्डले सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका मागहरु सम्बोधन गर्ने आश्वासन दिए । 

उनले भने, ‘नेपालको संविधानले स्वास्थ्यको हकलाई जनताको मौलिक हकको रुपमा प्रत्याभूत गरेको अवस्थामा आम नागरिकलाई गुणस्तरीय सेवा पुर्‍याउन राज्यको प्रमुख भूमिका हुनेतर्फ प्रतिष्ठानको भूमिका महत्वपूर्ण रहनेछ। प्रतिष्ठानले आफ्नो कार्यलाई अझ बढी निरन्तरता दिने, क्षमता बढाउने र उच्चस्तरीय अध्ययन र अनुसन्धानलाई विशेष ध्यान दिई राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्ने छ भन्ने मैले विश्वास लिएको छु। यतिबेला सरकार अर्को वर्षको नीति, कार्यक्रम र बजेटको अन्तिम तयारीमा जुटिरहेको छ।’

आमनागरिकलाई गुणस्तरीय सेवा पुर्‍याउने राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न पनि सो प्रतिष्ठान सफल हुने उनको विश्वास थियो। वीर अस्पताललाई आम नागरिकको आशा र भरोसा केन्द्र बनाउन आवश्यक चिकित्सकीय जनशक्ति, उपकरण तथा बजेटको व्यवस्थामा सरकारले प्राथमिकता दिने प्रधानमन्त्रीको भनाइ छ।

प्रतिष्ठानले अध्ययन र अनुसन्धानलाई विशेष ध्यान दिई स्वास्थ्य क्षेत्रको आवश्यकता सम्बोधन गर्न पनि उल्लेखनीय योगदान पुर्‍याउने सरकारको अपेक्षा रहेको प्रचण्डले बताए। देशलाई आवश्यक एमबीबीएसलगायतका दक्ष जनशक्ति उत्पादन गर्न प्रतिष्‍ठानबाट आगामी आर्थिक वर्षमा भरतपुर अस्पताल र वीर अस्पतालमा उक्त कार्यक्रम सुरू गरिने उनको भनाइ छ।

वीर अस्पतालको बिस्तारका लागि दुवाकोटको १५ सय बेडसहितको अस्पताल बनाउने गुरुयोजनामा पहिलो चरणको ५ सय बेडको अस्पताल र मेडिकल कलेजको निर्माण कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइने उनको भनाइ छ। चिकित्सा विज्ञान राष्‍ट्रिय प्रतिष्‍ठानलाई स्वदेशी तथा विदेशी शैक्षिक निकायसँग समन्वय र सहकार्य गरी समयानुकुल बनाउँदै स्तरोन्नति गरी अन्तर्राष्‍ट्रियस्तरको बनाइने प्रचण्डको भनाइ छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको