Like us!
Follow us!
Connect us!
Watch us!

आयात निर्यातको ग्राफ अझै ओरालो यात्रामै, वस्तु व्यापार घाटामा पनि कमी

अर्थ संसार

आइतबार, ३० बैशाख २०८१, १४ : ०६ मा प्रकाशित

आयात निर्यातको ग्राफ अझै ओरालो यात्रामै, वस्तु व्यापार घाटामा पनि कमी

यस आर्थिक वर्षको पहिलो ९ महिनामा दुवै आयात तथा निर्यातमा गिरावट आएको छ । अघिल्लो वर्ष यसै समयसम्मको तथ्यांक हेर्दा आयात २.८ प्रतिशतले तथा निर्यात ३.७ प्रतिशतले घटेको हो ।

यस आवको पहिलो ९ महिनामा ११ खर्ब ६७ अर्ब ३७ करोड रुपैयाँ बराबरको आयात भएको छ । अघिल्लो वर्ष यसै अवधिसम्म आयातमा १८.१ प्रतिशतले कमी आएको थियो । यसैगरी निर्याततर्फ यस आवको पहिलो ९ महिनामा करिब १ खर्ब १४ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो । अघिल्लो वर्ष यसै अवधिसम्म निर्यात २६.३ प्रतिशतले घटेको थियो ।

यसैगरी यस आर्थिक वर्षको पहिलो नौ महिनामा वस्तु व्यापार घाटा १० खर्ब ५३ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । व्यापार घाटामा २.८ प्रतिशतले कमी आएको हो । अघिल्लो वर्ष यसै अवधिसम्म व्यापार घाटामा १७.१ प्रतिशतले कमी आएको थियो । यस्तै यस वर्षको पहिलो ८ महिनामा प्रति एक रुपैयाँको निर्यात हुँदा ९ रुपैयाँ ८० पैसा बराबरको आयात भएको छ । अघिल्लो वर्ष पनि यस्तो निर्यात आयात अनुपात ९.८ प्रतिशत नै रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको