Like us!
Follow us!
Connect us!
Watch us!

सामुदायिक र बिपिडब्लु लघुवित्तको शेयर कारोबार भोलिदेखि रोक्का

अर्थ संसार

बुधबार, २३ फागुन २०८०, १७ : ०३ मा प्रकाशित

सामुदायिक र बिपिडब्लु लघुवित्तको शेयर कारोबार भोलिदेखि रोक्का

मर्जर पछिको प्रक्रियाका लागि सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार भोलिदेखि रोक्का हुने भएको छ ।

दुई लघुवित्तबीच एक आपसमा गाभ्ने/गाभिने कार्य सम्पन्न भई फागुन १४ गते देखि सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु भइसकेको छ । धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ को दफा ९(३) बमोजिम ती कम्पनीको शेयर कारोबार फागुन २४ गते देखि लागू हुने गरी रोक्का राखिएको हो ।

अब १५ दिनसम्म ती कम्पनीको सेयर कारोबार हुनेछैन । बिपिडब्लुको १०० कित्ता बराबर सामुदायिक लघुवित्तको ८५.३५ कित्ता कायम हुनेगरी मर्जरको स्वाप रेसियो कायम गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको