Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकले बिना धितो मोबाइलबाटै २ लाखसम्म ऋण दिने

अर्थ संसार

सोमबार, ०७ जेठ २०८१, १४ : ३३ मा प्रकाशित

कुमारी बैंकले बिना धितो मोबाइलबाटै २ लाखसम्म ऋण दिने

कुमारी बैंकले ग्राहकलाई बिना धितो मोबाइलबाटै ऋण दिने भएको छ ।

बैंकले क्यूआर कोडबाट कारोबार गर्ने क्युआर मर्चेन्टहरुलाई बिना झन्झट कुमारी मोबाइल बैकिङ एप मार्फत नै दुई लाख रुपैयाँसम्मको कर्जा उपयोग गर्न सक्ने फोन लोन सुविधा सञ्चालनमा ल्याएको छ ।

यस बाट विशेष गरि घरेलु, साना तथा मझौला उद्यमीहरुका वित्तिय कारोबारहरु डिजिटल माध्यममा आकर्षित गर्न तथा उद्यमीहरुका सानातिना वित्तिय आवश्यकताहरु परिपुर्ति हुँदा वित्तिय पहुच समेतमा विस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ५९ शाखा रहित बैंकिङ ईकाईहरु मार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको