Like us!
Follow us!
Connect us!
Watch us!

कैलाश सिरोहियालाई वदनियतपूर्ण ढङ्गले प्रतिशोध पुरा गर्न पक्राउ गरियो : गगन थापा

अर्थ संसार

मंगलबार, ०८ जेठ २०८१, २१ : ५३ मा प्रकाशित

कैलाश सिरोहियालाई वदनियतपूर्ण ढङ्गले प्रतिशोध पुरा गर्न पक्राउ गरियो : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई वदनियतपूर्ण ढङ्गले प्रतिशोध पुरा गर्न पक्राउ गरेको भन्दै प्रतिकृया दिएका छन्। 

उनले आफ्नो सामाजिक संजाल मार्फत ,'प्रष्ट छु, कानूनभन्दा माथि कोही छैन र हुदैन । गल्ति गरेको छ भने जुनसुकै तहको जो सुकै होस्, जतिसुकै शक्तिशाली होस् सजायको भागिदार हुनुपर्छ।

म यसमा पनि प्रष्ट छु, आज कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई कानून विपरितको काम गरेको भनेर पक्राउ गरेको भनिए पनि यो वदनियतपूर्ण ढङ्गले प्रतिशोध पुरा गर्न गरिएको बहाना मात्र हो । मुख्य कुरा, यो राज्य सत्ताको पहुँचको दुरुपयोग गर्दै आफूमाथि प्रश्न गर्नेहरूलाई रोक्न, विषयान्तर गर्न र आफ्नो अपराध ढाकछोप गर्न गरेको दुस्प्रयास हो। आफुमाथिका प्रश्न रोक्न यस्ता असफल प्रयास हिजो निरङ्कुशकालमा र सत्ता शक्तिको उन्मादमा धेरै पटक भएका हुन - हेक्का रहोस्।' भनेका छन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको