Like us!
Follow us!
Connect us!
Watch us!

कैलाश सिरोहिया पक्राउबारे ओली: पक्राउ पर्दैमा रुवाबासी गर्नुपर्दैन

अर्थ संसार

विहीबार, १० जेठ २०८१, १४ : ५२ मा प्रकाशित

कैलाश सिरोहिया पक्राउबारे ओली: पक्राउ पर्दैमा रुवाबासी गर्नुपर्दैन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ प्रकरणमा रुवाबासी०गर्नु नपर्ने बताएका छन् ।

झापामा बुधबार सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै ओलीले सिरोहिया पक्राउ रुवाबासी गर्ने विषय नभएको बताए ।

उनले भने, ‘यसमा धेरै ह्यु एण्ड क्राई (रुवाबासी) भैराखेको छ । यो त्यस्तो गर्नुपर्ने विषयजस्तो लाग्दैन मलाई । त्यसमा विवादका विषय हुन सक्दछन् । तर, उनलाई कुनै जन्मकैद गर्न खोजेको होईन । उनको कुनै, यो सञ्चारमाथिको हमला भनेर, पत्रकारमाथि फौजदारी अभियोग छ या मिडिया हाउसको प्रमुखमाथि बेग्लै मुद्दा छ । किन यो समाचार प्रकाशित गर्यो ? किन यस्तो बोल्यो भन्ने विषय त होईन । विषय अर्कै छ । त्यस सम्बन्धमा फौजदारी कुरा होला । त्यस सम्बन्धमा सरकारले छानबिन गर्नुपर्ने देख्यो भने अनि कोही समाउँदाखेरि मन्त्री समाउँदाखेरि, उपप्रधानमन्त्री समाउँदा हल्लिन, कराउन दुनियाँ गर्न नपर्ने ? एकजना मिडिया हाउसका मान्छे गिरफ्तार पर्दा डेमोक्रेसी कसरी खतरामा परिहाल्यो त ? यो सही वा गलत हो ? म त्यता जान चाहन्नँ । टाईमिङ ठिक भयो कि भएन ? त्यो बेग्लै कुरा होला । तर, डेमोक्रेसी नै खतरामा परिहाल्यो त ? अब के सञ्चारका हकहरु खोसिएकै हुन त ? यस्तो मिसइन्टरप्रेटेशन, गलत व्याख्या उपयुक्त हुँदैन् । जे यथार्थ हो, त्यही गर्नु राम्रो हो ।’

ओलीले कान्तिपुरले समाचार लेखेकै भरमा अध्यक्ष सिरोहियालाई गिरफ्तारी गरिएको भन्ने दाबीलाईसमेत अस्विकार गरेका छन्  । उनले लेखेकै भरमा पक्राउ पुर्जी जारी गरेको हो भन्दै प्रश्न समेत गरेका छन् । 

 ‘के लेखेकै भरमा पक्राउ पुर्जी जारी गरेको ? के लेखेको ? उनीमाथि आरोप के छ ? सरकारले गिरफ्तारी के लेखेको विषयमा भनेको छ ? लेखेको विषयमा यो लेख्यो भनेर हो र ? अहिलेको गिर्फतारी लेखेको विषयमा हो र ? त्यस्तो गलत व्याख्या चाहीँ उचित हुँदैन् । देशमा सबै कानूनका मातहतमा छन् भन्ने कुरा सबैले बुझ्नु र मान्नुपर्छ ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको