Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

शुक्रबार, ११ जेठ २०८१, १० : ४८ मा प्रकाशित

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ ।

बैंकले ६ जना संस्थापक सेयरधनीहरूको नाममा रहेको एक लाख ६८ हजार १९१ कित्ता सेयर बिक्रीमा राखेको हो ।

उक्त सेयरमा हाल बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिद आवेदन दिन पाउने व्यवस्था छ । सेयर खरिद गर्न ईच्छुक संस्थापकले आवश्यक कागजात सहित ३५ दिनभित्र काठमाडौंको लाजिम्पाटस्थित बैंकको सेयर शाखामा निवेदन दिनुपर्नेछ । 

बैंकले तोकेको ३५ दिनका समयभित्र संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेमा सो सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको