Like us!
Follow us!
Connect us!
Watch us!

सिरोहियालाई थप ५ दिनको म्याद थप्न सिफारिस

अर्थ संसार

शुक्रबार, ११ जेठ २०८१, १४ : ४३ मा प्रकाशित

सिरोहियालाई थप ५ दिनको म्याद थप्न सिफारिस

सरकारी वकिल कार्यालय, धनुषाले कान्तिपुर कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पुनः ५ दिनको म्याद थप्न गर्न सिफारिस गरेको छ ।

सिरोहियासँग बयान लिएपछि थप ५ दिनको म्याद थप्न सिफारिस गरिएको जिल्ला न्यायाधिवक्ता सुदीपकुमार दंगालले जानकारी दिए ।उनलाई झण्डै तीन घण्टापछि सरकारी वकिल कार्यालयबाट कडा सुरक्षाबीच धनुषा जिल्ला अदालत लगिएको छ ।

नागरिकता कीर्तेसम्बन्धी कसुरमा सिरोहिया पक्राउ परेका उनको पक्षमा शम्भु थापासहित ५ वरिष्ठ अधिवक्ता र ७ जना अधिवक्ता आज बहस गर्ने बुझिएको छ ।

धनुषा जिल्ला अदालतले सिरोहियालाई हिरासतमा राख्न दिएको तीन दिनको म्याद आज सकिदैँछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको