Like us!
Follow us!
Connect us!
Watch us!

सेयर धितो कर्जा सीमाविरुद्ध परेको रिटलाई अग्राधिकार दिँदै सर्वोच्चले विपक्षीसँग माग्यो १५ दिनभित्र लिखित जवाफ

अर्थ संसार

शुक्रबार, ११ जेठ २०८१, १७ : ३८ मा प्रकाशित

सेयर धितो कर्जा सीमाविरुद्ध परेको रिटलाई अग्राधिकार दिँदै सर्वोच्चले विपक्षीसँग माग्यो १५ दिनभित्र लिखित जवाफ

सेयर धितो कर्जामा कायम कर्जा सीमाविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले विपक्षीहरूसँग १५ दिनभित्र लिखित जवाफ माग गरेको छ ।

न्यायाधीश प्रकाशमान सिंहको एकल इजलासले उक्त रिटमा उत्प्रेषण सहित परमादेश दिँदै चाँडो किनारा हुनुपर्ने देखिएकोले अग्राधिकारसमेत प्रदान गरेको छ । अधिवक्ता रपिश पोखरेलले सेयर धितो कर्जामा कायम एकल कर्जा सीमाविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थमन्त्रालय र राष्ट्र बैंकलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।

रिटमा उक्त प्रावधान लागु भएको सुरू मितिबाट नै बदर गरिनुपर्ने उल्लेख गर्दै मौद्रिक उपकरणको प्रयोग गरी लगानीकर्ता तथा नागरिकको सम्पत्तिमाथि सिधा हमला भएको जनाइएको छ । सर्वोच्चको आदेशसँगै आम लगानीकर्ताले लामो समयदेखि माग गर्दै आएको सेयर धितो कर्जाको गाँठो अब भने फुस्किने लगानीकर्ता विश्वास लिएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको