Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

अर्थ संसार

आइतबार, १३ जेठ २०८१, १५ : १० मा प्रकाशित

आइएमई लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ ।

कम्पनीले घोषणा गरेको २५ प्रतिशत बोनस सेयरका आधारमा दोस्रो बजारमा मूल्य समायोजन गरिएको हो । समायोजित मूल्य अनुसार अब सोमबार कम्पनीको कारोबार ४४८ रुपैयाँमा खुल्नेछ । आज कम्पनीको अन्तिम कारोबार ५६० रुपैयाँमा भएको थियो । इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत बराबर बोनस शेयर र पुँजीको २५ प्रतिशत बराबर बोनस शेयर र कर प्रयोजनका लागि १.३१५८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । 

कम्पनीले आफ्नो सातौँ वार्षिक साधारण सभा जेठ २८ गते आम्रपाली ब्याङकेट क्याटरिङ एण्ड इभेन्ट भाटभटेनी नक्साल काठमाडौंमा आयोजना गर्दैछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले जेठ १४ गते बुकक्लोज मिति तय गरेको थियो । यसकारण आजसम्म कायम सेयरधनीले मात्र लाभांश हात पार्न तथा साधारणसभामा भाग लिन पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको