Like us!
Follow us!
Connect us!
Watch us!

समता घरेलु लघुवित्तको सेयरमूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

अर्थ संसार

आइतबार, १८ चैत्र २०८०, १५ : १९ मा प्रकाशित

समता घरेलु लघुवित्तको सेयरमूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन भएको छ ।

समता घरेलु लघुवित्तले घोषणा गरेको ५.४२२२ प्रतिशत बोनस सेयरका आधारमा दोस्रो बजारमा मूल्य समायोजन गरिएको हो । समायोजित मूल्य अनुसार अब बिहीबार डिप्रोक्सको कारोबार ६६४ रुपैयाँमा खुल्नेछ । आज कम्पनीको अन्तिम कारोबार ७०० रुपैयाँमा भएको थियो । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५.४२२२ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२८५४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत १९ गते बुकक्लोज तय गरेको छ । तसर्थ आजसम्म कायम सेयरधनीले मात्र लाभांश हात पार्न तथा साधारणसभामा भाग लिन पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको