Like us!
Follow us!
Connect us!
Watch us!

बेष्ट फाइनान्सको साढे ३ लाख कित्ता सेयर बिक्रीमा

अर्थ संसार

सोमबार, ०३ असार २०८१, १३ : ५७ मा प्रकाशित

बेष्ट फाइनान्सको साढे ३ लाख कित्ता सेयर बिक्रीमा


बेष्ट फाइनान्स कम्पनी लिमिटेडले संस्थापक समूह (हकप्रद) सेयर मार्फत बिक्री गर्ने भएको छ । कम्पनीले ३ लाख ५६ हजार ७४७४.५७ कित्ता संस्थापक समूहको सेयर गोप्य शिलबन्दी बोलपत्र (लिलाम बढाबढ) प्रक्रियाद्वारा बिक्री खुलाएको हो ।

कम्पनीले हकप्रद सेयरको बिक्री खुल्ला गरी आवेदन माग गरेकोमा आवेदन नपरेको उक्त कित्ता सेयर लिलाम बढाबढ प्रक्रियाबाट बिक्री गर्न लागेको हो ।
लगानीकर्ताले असार ४ गतेदेखि ११ गतेसम्म आवेदन दिन सक्ने छन् । सेयरको न्यूनतम मूल्य प्रति सेयर १०० रुपैयाँ तोकिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको