Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल रिइन्स्योरेन्सको सेयरमूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

अर्थ संसार

विहीबार, ०३ जेठ २०८१, १५ : ०४ मा प्रकाशित

नेपाल रिइन्स्योरेन्सको सेयरमूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ ।

सन नेपालले घोषणा गरेको ४.७५ प्रतिशत बोनस सेयरका आधारमा दोस्रो बजारमा मूल्य समायोजन गरिएको हो । समायोजित मूल्य अनुसार अब आइतबार कम्पनीको कारोबार ६६१.५७ रुपैयाँमा खुल्नेछ । आज कम्पनीको अन्तिम कारोबार ६९३ रुपैयाँमा भएको थियो । इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बराबर बोनस शेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । 

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले जेठ ६ गते बुकक्लोज मिति तय गरेको छ । जेठ ४ र ५ गते शुक्रबार र शनिबार परेको हुनाले सेयर कारोबार नहुने हुँदा आजसम्म कायम सेयरधनीले मात्र लाभांश हात पार्न तथा साधारणसभामा भाग लिन पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको