Like us!
Follow us!
Connect us!
Watch us!

दुई कम्पनीको मूल्य समायोजन, आइतबार कतिमा खुल्छ कारोबार ?

अर्थ संसार

विहीबार, ०६ बैशाख २०८१, १५ : १३ मा प्रकाशित

दुई कम्पनीको मूल्य समायोजन, आइतबार कतिमा खुल्छ कारोबार ?

नेप्सेमा सूचीकृत दुई कम्पनीले घोषणा गरेको बोनस सेयर अनुसार मूल्य समायोजन भएको छ । मूल्य समायोजन भएका कम्पनीमा प्रभु र सूर्यज्योति लाइफ इन्स्योरेन्स रहेका छन् ।

नयाँ समायोजित मूल्य अनुसार अब आइतबार प्रभु इन्स्योरेन्सको सेयर कारोबार ७३७.४७ रुपैयाँमा खुल्नेछ । आज उक्त कम्पनीको प्रति सेयर ७७२.५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । कम्पनीले हालको चुक्ता पुँजीको ४.७५ प्रतिशत बराबरको बोनस सेयर र ०.२५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्दैछ ।

यसैगरी सूर्यज्योति लाइफ इन्स्योरेन्सको आइतबार सेयर कारोबार ४५७.७३ रुपैयाँमा खुल्नेछ । आज उक्त कम्पनीको प्रति सेयर ५०४.७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । कम्पनीले हालको चुक्ता पुँजीको १०.२६ प्रतिशत बराबरको बोनस सेयर र २४.७४ प्रतिशत नगद गरी कुल ३५ प्रतिशत लाभांश वितरण गर्दैछ ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ सबै कम्पनीहरुले वैशाख ७ गते बुकक्लोज गर्दैछन् । अर्थात आज सम्म कारोबार भई कायम रहेका सेयरधनीले मात्र कम्पनीले घोषणा गरेको लाभांश प्राप्त गर्न तथा कम्पनीको साधारण सभामा सहभागिता जनाउन पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको