Like us!
Follow us!
Connect us!
Watch us!

जलविद्युत् आयोजनाबाट २८ करोडभन्दा बढी ‘रोयल्टी’ असुल गर्न बाँकी

अर्थ संसार

सोमबार, १४ जेठ २०८१, १३ : १४ मा प्रकाशित

जलविद्युत् आयोजनाबाट २८ करोडभन्दा बढी ‘रोयल्टी’ असुल गर्न बाँकी

नेपाल सरकारले विभिन्न जलविद्युत् आयोजनाबाट करोडौ रकम (रोयल्टी) असुल गर्न बाँकी रहेका महालेखापरीक्षकको ६१औं वार्षिक प्रतिवेदनमा विद्युत् विकास विभागको अभिलेखले देखाएको छ  ।

प्रतिवेदन अनुसार सरकारले २०७९/८० सम्म विभिन्न जलविद्युत् आयोजनाबाट २८ करोड ६९ लाख ९५ हजार असुल गर्न बाँकी छ । 

विद्युत् ऐन, २०४९ को दफा ११ मा जलविद्युत् आयोजनाले नेपाल सरकारलाई सलामी दस्तुर (रोयल्टी) बुझाउनुपर्ने व्यवस्था छ । आयोजनाले तिर्नुपर्ने रोयल्टी समयमा प्राप्त नभएकोमा ब्याज तथा जरिवाना लिने गरेको देखिँदैन । 

रोयल्टी बक्यौताको ब्याज तथा हर्जनासम्बन्धमा कानुनी व्यवस्था गरी रोयल्टी रकम असुल गर्नुपर्ने महालेखापरीक्षणको सुझाव छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको