Like us!
Follow us!
Connect us!
Watch us!

घुन्सा खोला जलविद्युत् आयोजनालाई जुट्यो रकम , बैंक तथा वित्तीय संस्थाले १२ अर्ब ७० करोड लगानी गर्ने

अर्थ संसार

सोमबार, १४ माघ २०८१, ११ : २२ मा प्रकाशित

घुन्सा खोला जलविद्युत् आयोजनालाई जुट्यो रकम , बैंक तथा वित्तीय संस्थाले १२ अर्ब ७० करोड लगानी गर्ने

 ७७.५ मेगावाट क्षमताको नदी प्रवाहमा आधारित घुन्सा खोला जलविद्युत् आयोजनालाई लगानी जुटेको छ । आयोजना रेमिट हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको हो ।

आइतबार आयोजनाको बहुपक्षीय ऋण सम्झौतामा हस्ताक्षर भएको रेमिट हाइड्रोले जनाएको छ ।

आयोजनामा लक्ष्मी सनराइज बैंक ५ अर्ब रुपैयाँ, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट कम्पनी लिमिटेडले ३ अर्ब रुपैयाँ, नागरिक लगानी कोषले २ अर्ब रुपैयाँ, माछापुच्छे्र बैंकले १ अर्ब ४५ करोड रुपैयाँ, एभरेष्ट बैंकले १ अर्ब २५ करोड रुपैयाँ लगानी गर्नेछन् ।

बैंक तथा वित्तीय संस्थाले १२ अर्ब ७० करोड रुपैयाँ बराबर लगानी गर्नेगरी सम्झौता भएको प्रवर्द्धक कम्पनीले जनाएको छ । 

आयोजनाको अनुमानित लागत निर्माण अवधिभरको ब्याज सहित १८ अर्ब १३ करोड रुपैयाँ छ । आयोजनाको लागि आवश्यक पर्ने वित्तीय व्यबस्थापन स्वपूँजी र ऋण लगानीबाट गरिने छ ।

स्वपूँजी लगानी संस्थागततर्फ नेपाल विद्युत् प्राधिकरण २१ प्रतिशत, हाइड्रो इलेक्ट्रिसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी १५ प्रतिशत र विद्युत् उत्पादन कम्पनीको १५ प्रतिशत गरी ५१ प्रतिशत छ । कम्पनीमा जम्मा पूँजीको ४९ प्रतिशत जनताको लगानी सुनिश्चित हुने गरी व्यवस्था गरिएको छ ।

साधारण शेयरतर्फको ४९ प्रतिशतमध्ये २९ प्रतिशत बैदेशिक रोजगारमा गएका नेपाली नागरिकको लागि सुनिश्चित गरिएको छ । यस्तै, १० प्रतिशत आयोजना प्रभावित स्थानीयवासी र बाँकी १० प्रतिशत सर्वसाधारणका लागि छुट्याइएको छ ।

आयोजना निर्माण सुरु भएको ४ वर्षमा सम्पन्न गर्ने लक्ष्य छ । आयोजनाको विद्युत् गृह तथा आवास गृहसम्मको बाटो तथा तमोर नदीका दुई स्थानमा बेली ब्रिज राख्ने काम सम्पन्न भएको छ ।

 ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ र ६ मा अवस्थित घुन्सा खोलाको पानीलाई उपभोग गरी सो आयोजना निर्माण गरिनेछ ।वैदेशिक रोजगारीमा गएका नेपालीलाई  जलविद्युत् आयोजनाको सेयरधनी बनाउने लक्ष्यका साथ यो आयोजना विकास गरिएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको