Like us!
Follow us!
Connect us!
Watch us!

कान्तिपुर पब्लिकेशनका सुरक्षा गार्डले गरे आत्महत्या

अर्थ संसार

बुधबार, १६ जेठ २०८१, १७ : ३० मा प्रकाशित

कान्तिपुर पब्लिकेशनका सुरक्षा गार्डले गरे आत्महत्या

कान्तिपुर पब्लिकेशनका सुरक्षा गार्डले आत्महत्या गरेका छन्   कान्तिपुर पब्लिकेशनको मोरङको नेमुवास्थित कोशी प्रदेश कार्यालयमा कार्यरत सुरक्षा गार्डले आत्महत्या गरेका हुन् । 

कार्यालयको सुरक्षा गार्ड बस्ने कोठाभित्र सुन्दरहरैँचा नगरपालिका–९ घर भएका अन्दाजी ५० वर्षीय बलबहादुर बस्नेत झुन्डिएको अवस्थामा मृत फेला परेका मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताएका छन् ।

उनका अनुसार भित्रबाटै ढोकाको चुक्कुल लगाइएको र कोठाको सिलिङ पंखामा कालो प्लाष्टिकको डोरी लगाई झुन्डिएको अवस्थामा शव भेटिएको थियो । मृत भेटिएका बस्नेतलाई पालो दिन आएका अर्का सुरक्षा गार्डलाई ढोका नखोलिदिएपछि पर्खाल नाघेर हेर्दा झुन्डिएको देखेर प्रहरीलाई खबर गरेका थिए ।

सुरक्षा गार्ड बस्नेत झुन्डिएको कोठाको ढोका खुलेको छैन । परिवारका सदस्य र आफन्त आइसकेका कारण ढोका खोल्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

घटनाको विस्तृत अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरीक्षक हेमराज ओली नेतृत्वको टोली घटनास्थलमा पुगिसकेको छ । बस्नेतले आत्महत्या गरेको हुनसक्ने अनुमान प्रहरीको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको