Like us!
Follow us!
Connect us!
Watch us!

टी-२० विश्वकपमा आज दुई खेल हुदै

अर्थ संसार

सोमबार, २१ जेठ २०८१, ०७ : ४५ मा प्रकाशित

टी-२० विश्वकपमा आज दुई खेल हुदै

आइसीसी टी-२० विश्वकपमा आज दुई खेल हुदै छ ।आज पहिलो खेलमा नामिबिया र ओमानले खेलिरहेका छन्। 

बार्बाडोसस्थित केनसिंगटोन ओभल स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार आज बिहान ६: १५ बजेदेखि शुरु भएको हो। 

दुवै बीच अहिलेसम्म ६ टी-२० खेल भएका छन् । जसमा नाम्बियाले ६ खेल जितेको छ भने ओमानले २ खेलमा जित हासिल गरेको छ ।

त्यस्तै आज दोस्रो खेल श्रीलंका र दक्षिण अफ्रिकाबीच खेल हुदै छ । न्युयोर्कस्थित नास्साउ काउन्टी इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यो खेल राति ८: १५ बजेदेखि शुरु हुने छ ।

श्री लंका र दक्षिण अफ्रीकाबीच अहिलेसम्म १७ टी-२० खेल भएका छन् । जसमा दक्षिण अफ्रिकाले अहिलेसम्म १२ खेल जितेको छ भने श्री लंकाले ५ खेलमा जित हासिल गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको