Like us!
Follow us!
Connect us!
Watch us!

नाट्टा निर्वाचनमा दिनेश मैनालीको स्वतन्त्र उमेदवारी

अर्थ संसार

सोमबार, २१ जेठ २०८१, ११ : ४१ मा प्रकाशित

नाट्टा निर्वाचनमा दिनेश मैनालीको स्वतन्त्र उमेदवारी

आगामी जेठ २५ गते (जुन ७, २०२४) शुक्रबार नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) को ५७ औ बार्षिक साधारणसभा र निर्वाचनले आगामी दुई वर्षका लागी नेतृत्व चयन गर्नेछ ।

नाट्टाको आगामी शुक्रबार हुने कार्यसमिति निर्वाचनमा शुभम ट्राभल्स एण्ड टुर्स प्रा. लिका संचालक दिनेश प्रसाद मैनालीको कार्यसमिति सदस्य पदका लागी स्वतन्त्र उमेदवारी दिएका छन् ।

मैनाली भन्छन् विस्तारै सल्बलाउँदै गरेको पर्यटन क्षेत्रलाई थप उचाईमा पु¥याउन अब आउने नयाँ कार्यसमितिको काँधमा पर्नेछ । उनी थप्छन्, महाविनाशकारी भुकम्प र त्यस पश्चात विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को महामारीले थिलथिलो पारेको नेपाली पर्यटन व्यवसायले अहिले विस्तारै गति लिन थालेको छ, यसलाई कायम राख्न र थप बढावा दिन संगठन मार्फत आफ्नो पनि महत्वपूर्ण भूमिका रहने हुँदा स्वतन्त्र उमेदवारी दिएको बताउँछन् ।

दिनेश मैनाली नमोबुद्ध नगरपालिका–०५, काभ्रेपलाञ्चोक, कानपुरका स्थायी बासिन्दा हुन् । एक कुशल र सफल ट्राभल्स व्यवसायी मैनाली शुभम ट्राभल्स एण्ड टुर्स प्रा.लि का संचालक हुन् । मैनाली विगत लामो समयदेखि यस पेशामा आवद्ध रहेका छन्, कर्मचारी हुँदै व्यवसायमा फड्को मारेका मैनालीले यस क्षेत्रमा निकै लामो संघर्ष गर्दै अगाडी बढिरहेका छन् ।

यस क्षेत्रमा लामो अनुभव बटुलि सकेका मैनालीले आगामी नाट्टा निर्वाचनमा आफू बिजयी बनेमा व्यवसायमा आवद्ध कर्मचारीहरु र व्यवसायको हकहितमा रहेर कार्य गर्दै, यस क्षेत्रमा भएका कमिकमजोरी तथा विकृति विसंगतीलाई हटाउँदै यस व्यवसायलाई सुरक्षित व्यवसाय बनाउन सघाउनका निमित्त संगठन मार्फत मात्र संभव हुने हुँदा उनले उमेदवारी दिएका छन्

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको