Like us!
Follow us!
Connect us!
Watch us!

सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेश

अर्थ संसार

सोमबार, २१ जेठ २०८१, १२ : ०२ मा प्रकाशित

सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेश

प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले  नेपाल सरकारको वार्षिक प्रतिवेदन पेश गरेका छन् ।  सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डका तर्फबाट सञ्चारमन्त्री रेखा शर्माले नेपालको संविधानको धारा ५३ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/८० पेश गरेकी हुन् । 

त्यस्तै बैठकमा प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संवैधानिक परिषद् (काम, कर्तव्य र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१ पेश गरेका छन् । बैठकमा अहिले आर्थिक वर्ष २०८१/८२ को  राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको