Like us!
Follow us!
Connect us!
Watch us!

जनता बैंकले १४.४ प्रतिशत लाभांश दिने

शनिबार, १६ मंसिर २०७४, ०९ : ५९ मा प्रकाशित

जनता बैंकले १४.४ प्रतिशत लाभांश दिने

अर्थ संसार, काठमाडौं  - चालु आर्थिक वर्षको मुनाफाबाट जनता बैंकले आफ्ना सेयरधनीहरूलाई १४.४ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ ।

शुक्रवार बसेको बैंकको सञ्चालक समितिको २ सय ३९ औँ बैठकले सेयरधनीहरूलाई लाभांश स्वरुप आव २०७४ असार मसान्तसम्मको चुक्तापूँजी  ६ अर्ब ९९ करोड ३६ लाख ९३ हजार ९ सय ९० को १४ दशमलव ४ प्रतिशतले बोनस सेयर वितरण गर्ने प्रस्ताव सहितको वित्तीय विवरण पारित गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर बैंकको आगामी साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ । लाभांश वितरण पश्चात बैंकको चुक्तापूँजी  ८ अर्बभन्दा बढी हुनेछ ।

5a2229822a184.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको