Like us!
Follow us!
Connect us!
Watch us!

श्रीलंकामाथि दक्षिण अफ्रिका ६ विकेटले विजयी

अर्थ संसार

मंगलबार, २२ जेठ २०८१, ०६ : २७ मा प्रकाशित

श्रीलंकामाथि दक्षिण अफ्रिका ६ विकेटले विजयी

जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गत दक्षिण अफ्रिकाले श्री लंकालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा दक्षिण अफ्रिकाले श्री लंकालाई ६ विकेटले पराजित गरेको हो ।

श्रीलंकाले दिएको केवल ७८ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले  १६.२ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । 

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको श्री लंकाले १९.१ ओभरमा अल आउट हुदै ७७ रन मात्र बनाएको थियो । श्रीलंकाका लागि कुसल मेन्डिसले सर्बाधिक १९ रन बनाए भने एन्जोलो म्याथ्युजले १६ र कामिन्दु मेन्डिसले ११ रन बनाएका थिए ।

श्रीलंकाले टी-२० विश्वकपमा बनाएको यो अहिलेसम्मको सबैभन्दा कम रन हो ।

त्यसैगरी दक्षिण अफ्रिकाका बलर एनरीच नोकियाले सर्बाधिक ४ विकेट लिएका थिए । उनले ४ ओभरमा केवल ७ रन दिएर ४ विकेट लिएका थिए ।

समुह डी मा रहेको दक्षिण अफ्रिकाले यो जितपछि महत्वपूर्ण २ अंक हासिल गरेको छ ।

अब दक्षिण अफ्रिकाले अर्को खेल जुन ८ मा नेदरल्याण्डसविरुद्ध खेल्ने छ भने सोहि दिन श्रीलंकाले बंगलादेशको सामना गर्ने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको