आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ ।
कम्पनीले सुमन पोखरेलको नाममा रहेको ८० हजार कित्ता र कुमार पौडेल २ लाख ५० हजार कित्ता गरी कुल ३ लाख ३० हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
सेयर बिक्रीको लागि पहिलो प्राथमिकता संस्थापक सेयरधनीहरुलाई दिइएको छ । संस्थापक सेयरधनीहरुले आज जेठ २२ गतेदेखि ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय नारायणचौर नक्साल, काठमाण्डौंमा आवेदन दिन सक्ने छन् ।
संस्थापक सेयरधनीबाट ३५ दिनभित्र आवेदन नआएमा उक्त सेयर अन्य व्यक्ति, संस्था वा कम्पनीलाई बिक्री गरिने कम्पनीले जनाएको छ
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस