Like us!
Follow us!
Connect us!
Watch us!

फेडेरल र निर्माको सहकार्यमा ‘नेप्सुरेन्स’को शुभारम्भ

अर्थ संसार

मंगलबार, २२ जेठ २०८१, १७ : ३४ मा प्रकाशित

फेडेरल र निर्माको सहकार्यमा ‘नेप्सुरेन्स’को शुभारम्भ

फेडेरल रि–इन्स्योरेन्स ब्रोकर्स लिमिटेड र नेपाल इन्स्योरेन्स एण्ड रिस्क म्यानेजमेन्ट एसोशिएसन(निर्मा)को सहकार्यमा जेठ २२ गते पहिलो न्युजलेटर ‘नेप्सुरेन्स’को शुभारम्भ  गरीएको छ । फेडेरल र निर्माबीच गत माघ ०९ गते बीमा,जोखिम व्यवस्थापन तथा सामाजिक सुरक्षाको क्षेत्रमा क्षमता अभिवृद्धि, खोज तथा अनुसन्धान साथै जागरण कार्यक्रमहरुको लागि दीर्घकालीन सहकार्य गर्ने सम्बन्धी रणनितिक समझदारी गरिएको थियो ।  

फेडेरल र निर्माबीचको साझेदारीले नेपालमा बीमा र जोखिम व्यवस्थापन परिदृश्यलाई सहयोगी गतिविधिहरूको शृंखलामार्फत वृद्धि गर्ने लक्ष्य राखेको छ । नेप्सुरेन्स दुई कम्पनीको संयुक्त प्रयासमा पहिलो कदम हो ।

जसले बीमा व्यवसायी र आम जनतालाई बहुमूल्य अन्तद्धष्टि, सूचना तथा जानकारी उपलव्ध गराउन मदत गर्ने जनाइएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको