Like us!
Follow us!
Connect us!
Watch us!

टिकटकमाथि साइबर हमला, सिएनएन लगायतका एकाउन्ट प्रभावित

अर्थ संसार

बुधबार, २३ जेठ २०८१, ११ : ३२ मा प्रकाशित

टिकटकमाथि साइबर हमला, सिएनएन लगायतका एकाउन्ट प्रभावित

चर्चित भिडियो सेयरिङ प्लाटफर्म टिकटकमाथि साइबर हमला हुँदा ठूला कम्पनीदेखि सेलेब्रेटीसम्मका एकाउन्ट प्रभावित भएका छन् ।

टिकटकको संस्थापक कम्पनी बाइटडान्सले हमलाबाट कम्प्रमाइज भएका एकाउन्टको संख्या भने धेरै नभएको बताएको छ । हमलाले समस्यामा परेका एकाउन्टहरुलाई रिस्टोर गर्न प्रयत्नरत रहेको पनि टिकटकले जनाएको छ । कसले कसरी हमला गर्यो भन्ने बारे भने कम्पनीले खुलाएको छैन । साइबर हमलामा निशाना गरिएका एकाउन्टमा अमेरिकी न्युज मिडिया कम्पनी सिएनएन, रियालिटी टिभी स्टार पेरिस हिल्टन लगायतका रहेका छन् । 

अमेरिकामा टिकटक प्रतिबन्धको कुरा चलिरहँदा उक्त साइबर हमला भएको हो । आगामी जनवरीसम्म टिकटकको स्वामित्व अमेरिकी कम्पनीमा हस्तान्तरण नभए टिकटक अमेरिकामा प्रतिबन्ध हुने बिलमा अमेरिकी राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गरिसकेका छन् । टिकटक भने उक्त बिलविरुद्ध अदालत पुगेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको