Like us!
Follow us!
Connect us!
Watch us!

टिकटकले २०२५ को दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स रिपोर्ट सार्वजनिक, नेपालमा मात्र २४ लाखभन्दा बढी भिडियो हटाइए

अर्थ संसार

शनिबार, ०८ कार्तिक २०८२, ०८ : ५५ मा प्रकाशित

टिकटकले २०२५ को दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स रिपोर्ट सार्वजनिक, नेपालमा मात्र २४ लाखभन्दा बढी भिडियो हटाइए

टिकटकले आफ्नो २०२५ को दोस्रो त्रैमासिक (Q2) कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ। कम्पनीले प्रयोगकर्ताहरूका लागि सुरक्षित डिजिटल वातावरण सुनिश्चित गर्न निरन्तर काम गर्दै आएको जनाएको छ।

अप्रिलदेखि जुन २०२५ सम्मको अवधिमा, टिकटकले नेपालमा मात्रै २४ लाख ७६ हजार ३४५ भिडियोहरू हटाएको जनाएको छ। यीमध्ये ९९.८% भिडियोहरू स्वतः पहिचान प्रविधिबाट हटाइएका थिए भने ९८.४% भिडियोहरू २४ घण्टाभित्रै मेटिएका थिए।

विश्वव्यापी रूपमा टिकटकले यस अवधिमा १८९ मिलियनभन्दा बढी भिडियोहरू हटाएको छ, जुन कुल अपलोड कन्टेन्टको करिब ०.७% हो। तीमध्ये करिब १६ करोड ३९ लाख भिडियोहरू अटोमेटेड डिटेक्सन प्रणालीमार्फत पत्ता लगाइएका थिए। टिकटकले यस अवधिमा ७६.९ मिलियन नक्कली खाता र १३ वर्षभन्दा कम उमेरका २५.९ मिलियन शंकास्पद खाता पनि हटाएको जनाएको छ।

रिपोर्टअनुसार, हटाइएका भिडियोहरूमध्ये ३०.६% मा संवेदनशील वा वयस्क सामग्री, १४% मा सुरक्षा उल्लङ्घन, र ४५% मा गलत सूचना फेला परेको थियो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको