Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौं महानगरमा यो वर्ष १९ हजार बढी विद्यार्थीले छात्रवृत्ति पाए : बालेन

अर्थ संसार

विहीबार, २४ जेठ २०८१, १२ : ०० मा प्रकाशित

काठमाडौं महानगरमा यो वर्ष १९ हजार बढी विद्यार्थीले छात्रवृत्ति पाए : बालेन

काठमाडौं महानगरका मेयर बालेन शाहले यो वर्ष १९ हजार भन्दा धेरै विद्यार्थीले छात्रवृत्ति पाएको बताएका छन् ।

सामाजिक सञ्जालमा एक पोस्ट गर्दै बालेनले गत शैक्षिक सत्र २०८० मा काठमाडौँ महानगर क्षेत्रभित्र भएका ५०४ निजी विद्यालयमध्ये ४६५ ले १३ हजार भन्दा बढी विद्यार्थीले छात्रवृत्ति पाएकोमा यस शैक्षिक सत्र २०८१ मा १८ हजार ४२२ जनाले छात्रवृति पाएको बताएका हुन् । उनका बुधबारसम्म भर्ना विवरण बुझाउने विद्यालयको संख्या ४७३ पुगेको छ जहाँ १ लाख ४९ हजार ९५६ बिद्यार्थी भर्ना भएका छन् ।

 उनले थप लेखेका छन्, "हामीले विद्यमान कानुन को कार्यान्वयन गर्दा मात्रै लक्षित वर्गका बिद्यार्थी हरुलाई  करिब २ अर्ब बराबर को छात्रवृति उपलब्ध गराउन सफल भयौँ । प्राप्त भएको विवरणको हामि अनुगमन गर्नेछौ , फरक पाइएमा कानुन बमोजिम कारबाही हुनेछ ।" बालेनले हालसम्म विवरण नबुझाउने विद्यालयलाई ३ दिनको समय दिई विवरण पेस गर्न सार्बजनिक सुचना प्रकाशन गरेको र सो समय भित्र विवरण पेस नगर्ने विद्यालयहरु बन्द विद्यालयको रुपमा बुझी काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिने पनि जनाएका छन् ।

कानुन निर्माणको महत्व कार्यान्वयनबाट मात्र पुष्टि हुने उल्लेख गर्दै उनले कानुन निर्माण र कार्यान्वयन दुवै पक्षमा उत्तिकै गम्भीर भएको पनि बताएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको