Like us!
Follow us!
Connect us!
Watch us!

सन्दीपको भिसाका लागि सरकारले पहल गर्नुपर्थ्यो: विश्वप्रकाश शर्मा

अर्थ संसार

विहीबार, २४ जेठ २०८१, १२ : १६ मा प्रकाशित

सन्दीपको भिसाका लागि सरकारले पहल गर्नुपर्थ्यो: विश्वप्रकाश शर्मा

नेपाली काङ्ग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले सन्दीप लामिछानेको भिसाका लागि सरकारले पहल गर्नुपर्नेमा त्‍यसो हुन नसकेको बताएका छन् ।

वेस्ट इन्डिज र अमेरिका भइरहेको टिट्वान्टी विश्वकप क्रिकेट खेल्न अमेरिका जान लागेका सन्दीपलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको थियो । सोही सन्दर्भमा बोल्दै सांसद शर्माले अदालतले गरेको फैसला सम्बन्धित निकायलाई सुसूचित गरेर भिसाका लागि वातावरण बनाउन सरकारले समयमै उचित पहल गर्नुपर्ने बताएका हुन् ।

प्रतिनिधिसभा बैठकमा बिहीबार बोल्दै शर्माले आरोप लागिरहँदा शिरमा मुद्दा बोकेर मैदानमा उत्रन हुन्न भने पनि अदालतले निर्दोष सावित गरिसकेपछि सन्दीप लामिछाने विश्वकप खेलिरहेको हुनुपर्ने जिकिर गरेका हुन् । लामिछानेलाई दुई पटक अन्तर्वार्ता लिए पनि अमेरिकाले भिसा दिन अस्वीकार गरेको थियो । विश्वकपमा नेपालले आफ्नो पहिलो खेलमा नेदरल्यान्डसँग हार व्यहोरीसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको