Like us!
Follow us!
Connect us!
Watch us!

रियालिटी शो बिगबोस ओटीटीको तेस्रो सिजन अनिल कपुरले होस्ट गर्ने

अर्थ संसार

शनिबार, २६ जेठ २०८१, १९ : ४९ मा प्रकाशित

रियालिटी शो बिगबोस ओटीटीको तेस्रो सिजन अनिल कपुरले होस्ट गर्ने

भारतीय चर्चित रियालिटी शो बिगबोस ओटीटीको तेस्रो सिजनको होस्ट अनिल कपुरले गर्ने भएका छन् ।

यस अघि सलमान खानले होस्ट गरेको बिगबोस ओटीटीको यो सिजन उनले नभ्याउने भएपछि अनिल कपुरले होस्ट गर्ने जानकारी दिइएको छ । जियो सिनेमाले बिगबोस ओटीटीको तेस्रो सिजन अनिल कपुरले होस्ट गर्ने बताएको छ ।

यस अघि यस शो का लागि संजय दत्तले होस्ट गर्ने चर्चा चलेको थियो ।

बिग बोसको टेलिभिजनमा प्रशारण हुने शो को लोकप्रियतालाई ध्यान दिदै यस अघि दुई सिजन ओटीटी संस्करण बनाइएको थियो ।  बिगबोस ओटीटीको पहिलो सिजना अभिनेत्री दिव्या अग्रवालले जितेकी थिइन् भने दोस्रो संस्करण युट्युबर एल्भिस यादवले जितेका थिए ।

यस सिजनमा नुपुर सेनन, तनुश्री दत्त, अनुषा डांडेकर, अहाना देओल, त्रिशाला दत्त, भाव्या गान्धी जस्ता सेलिब्रेटीले भाग लिने चर्चा रहेको छ । यस सिजनको बिगबोस ओटीटी जुन २१ देखि प्रशारण हुदै छ ।              

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको